Posts

Showing posts from November, 2020

अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image
मंसिर–१४, सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ ले आईतबार बालमैत्री समिति र बाल अधिकार समितिको काम, कर्तव्य बारे अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  अभिमुखिकरण तथा अन्तरक्रिया रामधुनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा वडा बालमैत्री समितिका संयोजक राज कुमार चौधरीको अध्यक्षतामा रामधुनी नगरपालिका वडा नं. ३ सिङ्गीयाको सभाहलमा सम्पन्न गरेको हो ।   विगत लामो समय देखि कोरोना भाईरस कोभिड १९ का कारण वडाले बालमैत्रीका सुचकहरुमा काम गर्न भने सहज थिएन, कोरोना भाईरसका कारण वडाले गर्नु पर्ने काम नहुदा बालमैत्री वडा बनाउन निकै काम गर्नु पर्ने देखिन्छ, ति कुरालाई मध्यनजर गर्दे वडा नं. ३ पनि काम गर्न कटिबद्ध रुपमा लागिरहेको छ, यसै सन्दर्भमा आज वडामा रहेको बालमैत्री समिति र बाल अधिकार समितिलाई आफ्नो काम कर्तव्य बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बाल अधिकार समिति र बालमैत्री स्थानिय समितिलाई आफ्नो कामको जिम्मेवारी बोध गरिई आगामी दिनमा काम गर्न सहज बातावरण सिर्जना गर्ने हेतुले कार्यक्रम संचालन गरिएको र बाल विवाह, बालश्रम, बालबालिका माथी हुने हिँसा सम्बन्धी सचेतना